तराईका धेरै स्थानमा हुस्सु र कुहिरो

नेपालभ्युज

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
फाइल तस्वीर

काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज (सोमबार) जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

‘तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने छ, भने दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ,’ बुलेटिनमा भनिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनीमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ । मधेस तथा कोशी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु/कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु/कुहिरो मध्याह्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved