मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु

नेपालभ्युज

मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved