बुढासुब्बा गोल्डकप: चर्च ब्वाइजको विजयी सुरुवात

नेपालभ्युज

बुढासुब्बा गोल्डकप: चर्च ब्वाइजको विजयी सुरुवात

काठमाडौं । २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा  ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ ।

धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

दोस्रो हाफको दोस्रो मिनेटमा निर्णायक गोल गर्दै सन्तोष खत्रीले चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याए । म्यान अफ द म्याच घोषित भएका खत्रीले नगद १० हजार रुपैयाँ समेत हात पारे । आइतबारको खेल आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच हुनेछ ।  प्रतियोगितामा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved