हमासले रिहा गर्‍यो थप तीन बन्धक

नेपालभ्युज

हमासले रिहा गर्‍यो थप तीन बन्धक

काठमाडौं । हमासले थप तीन बन्धकलाई रिहा गरेको छ ।

शनिबार दिउँसाे तीन इजरायलीलाई हमासले रिहा गरेको बीबीसीले जनाएको छ ।

रिहा हुनेमा ३४ वर्षीय यार्डन बिबास, ५३ वर्षीय फ्रान्सेली-इजरायली नागरिक ओफर काल्डेरोन र ६५ वर्षीय अमेरिकी-इजरायली नागरिक किथ सिगेल छन् ।

रिमाइन्डरको रूपमा तीन बन्धकहरूलाई १८० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको सट्टामा रिहा गरिएको छ ।

आज रिहा हुने बन्धकसहित हमासले रिहा गरेको बन्धकको सङ्ख्या १८ जना पुगेको छ । यसअघि युद्धविराम भएको दिन माघ ६ गते हमासले तीन बन्धक छाडेको थियो ।

त्यसको एक सातापछि चार जनालाई बन्धकमुक्त गरेको थियो । बिहीबार ८ बन्धक छाडेको थियो । ४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरू कैदमुक्त हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved