काठमाडौं । भारतीय गायक सोनु निगम सधैँ आफ्नो बोलीका कारण चर्चामा रहने गर्दछन् ।
यसैबीच एक अन्तर्वार्तामा उनले अर्का चर्चित गायक एआर रहमानको स्वर धेरै राम्रो छ, तर ठूलो गायक नभएको बताएका छन् । यसबाहेक सोनूले हालै केही गायकहरूले पद्म अवार्ड नपाएकोमा पनि प्रश्न उठाएका थिए ।
०२ इन्डियासँग कुरामा सोनुलाई सोधियो – “एआर रहमानलाई गायकको रुपमा कसरी हेर्नुहुन्छ ?”
यसको जवाफ दिँदै उनले भने, “पक्कै पनि एआर रहमान प्रशिक्षित गायक होइनन् । उहाँको स्वर राम्रो छ, उहाँ आफैँलाई कहिल्यै ठूलो गायक भन्नुहुन्न, त्यसैले हामी यो पनि भन्नसक्छौँ । तर, उहाँ पक्कै पनि एक महान् सङ्गीतकार हुनुहुन्छ र यसै कारण उहाँ सधैँ धुनमा हुनुहुन्छ । सङ्गीतसँग जोडिएका मानिसहरूको तालमेल हुनु महत्त्वपूर्ण छ । यदि कोही तालमा छैन भने उहाँको आवाजको कुनै अर्थ रहँदैन । उहाँको स्वर राम्रो नहुन सक्छ, तर उहाँ एआर रहमान भएकाले सधैं धुनमा रहनुहुन्छ ।”
सोनुले फिल्म जोधा अकबरको साउन्डट्र्याकको बारेमा पनि बताए ।
रहमानले कसरी ‘इन लम्हों के दमन मे’ गीतको सानो भाग बनाउने मौका दिएको उनले बताए । सोनुले रेकर्डिङ सत्रमा रहमानलाई गीतको कुनै खास भाग कसरी प्रस्तुत गर्ने भनेर सोधेका थिए । सोनुले तुरुन्तै प्रस्तुति दिए, जुन रहमानलाई पनि मनपर्यो र उनले पनि गीतमा समावेश गरे ।
सोनुले एआर रहमानसँग सतरङ्गी रे, इश्क बिना र गुजारिश जस्ता गीतहरूमा काम गरिसकेका छन् ।
Facebook Comment
Comment