मुक्कुमलुङ पाथीभरा सम्पदा संरक्षण सङ्घर्ष समितिले अन्तर्क्रिया कार्यक्रम गर्दै

नेपालभ्युज

मुक्कुमलुङ पाथीभरा सम्पदा संरक्षण सङ्घर्ष समितिले अन्तर्क्रिया कार्यक्रम गर्दै

काठमाडौं । मुक्कुमलुङ पाथीभरा केवलकार सन्दर्भमा आम ताप्लेजुङवासी स्वतन्त्र नागरिक तथा मुक्कुमलुङ पाथीभरा सम्पदा संरक्षण सङ्घर्ष समितिले विशेष पत्रकार सम्मेलन र अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार दिउँसो २ बजे आयोजना गरिएको कार्यक्रममा वातावरण संरक्षणविद् रथी (अ.प्रा.)बबु कृष्ण कार्कीले आमन्त्रित अतिथिका रूपमा विशेष भूमिका निर्वाह गर्नेछन् ।

प्रा.डा. सुरेन्द्र केसी, वरिष्ठ पत्रकार भवानी बराल, समाजसेवी डम्बर बी. तम्बाहाम्फे, अधिवक्ता थाइन्द्र आइङ्गुबहाङ, अधिवक्ता हरिचन्द्र भट्टराई, निर्देशक नवीन सुब्बालगायत व्यक्तिहरूले धारणा राख्नेछन् ।

गायिका तथा सङ्गीतकार झुमा वनेम, पुर्व मिस नेपाल माल्भिका सुब्बा गायक दीपक लिम्बू, समाज सेवी डण्डु लामा, सलमान थलङ, आदि व्यक्तित्वहरुले पनि आफ्नो विचार साट्ने छन् ।

कार्यक्रम संयोजकको रूपमा उपरथी (अ.प्रा.) अनन्तबहादुर थेबे र सहसंयोजक मान थलङले जिम्मेवारी सम्हालेका छन् । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल, भृकुटीमण्डप, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved