त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आउने

नेपालभ्युज

त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।

विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीनवटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएको छ । योसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढाईएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

गत कात्तिक २३ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको थियो । विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहनेछ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।

अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायतका काम जारी छ ।

विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने प्रधिकरणको भनाई छ ।

यो मर्मतका लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved