पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले  मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँका साथै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको जनाएको  छ ।

निगमका अनुसार पेट्रोलको नयाँ मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६५ रुपैयाँ पर्छ भने सुर्खेत, दाङ क्षेत्रमा १६४ र अरु क्षेत्रमा १६२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १५६ रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमका अनुसार  सुर्खेत र दाङ क्षेत्रमा १५५ रुपैयाँ र अरु क्षेत्रमा १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved