अमेरिकामा विमान दुर्घटना : सबै ६४ जनाको शव नदीबाट निकालियो

नेपालभ्युज

अमेरिकामा विमान दुर्घटना : सबै ६४ जनाको शव नदीबाट निकालियो

काठमाडौं । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यी सबैको शव नदीबाट निकालिएको हो ।

अमेरिकामा बुधबार राति अमेरिकन एयरलाइन्सको विमान आकाशमा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको थियो ।

दुर्घटनापछि विमान पोटोमाक नदीमा खसेको थियो । त्यहाँबाट सबै ६४ जनाको शव निकालिएको हो ।

बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वाशिङ्टन डीसी जाँदै थियो ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोमाक नदीमा खसेको थियो ।

यसैबीच शुक्रबार बिहान खतरनाक परिस्थितिका कारण गोताखोर टोलीले यो अपरेशन रोकेको बीबीसीको समाचारमा उल्लेख छ ।

दुर्घटनाग्रस्त विमानको भग्नावशेष खोलाबाट निकालेर अवस्था सुरक्षित भएपछि गोताखोरहरूले खोजी कार्य पुनः सञ्चालनमा ल्याउने बताइएको छ ।

खोजी कार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको अधिकारीहरुले बताएका छन् ।

बीबीसीको अमेरिकीसम्बद्ध संस्था सीबीएस न्युजलाई एक स्रोतले यो जानकारी दिएको हो ।

सीबीएसका अनुसार ब्ल्याक बक्सलाई राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा जाँच गरिने छ ।

विमान दुर्घटनाबारे अमेरिकी अधिकारी- कोही बाँचेको छ भन्ने विश्वास गर्दैनौँ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved