बागमतीलाई हराउँदै संकटाले जित्यो सभापति कपको उपाधि

नेपालभ्युज

बागमतीलाई हराउँदै संकटाले जित्यो सभापति कपको उपाधि

काठमाडौं। टाइब्रेकरमा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कपको उपाधी जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनल खेलमा टाइब्रेकरमा संकटाले ४–३ ले जित हात पारेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएसँगै खेल टाइब्रेकरमा पुगेको थियो ।

उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो भने बागमतीले १३ लाखमा खुम्चियो । संकटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।

यस्तै बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved