भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२५ (तस्वीरहरू)

भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२५ (तस्वीरहरू)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं ‘चेम्बर एक्स्पो २०२५’ भृकुटीमण्डपमा सुरु भएको छ ।

स्थानीय उत्पादनहरूको प्रर्वद्धन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यस्वरुप चेम्बर अफ कमर्सले साे मेलाको आयाेजना गरेको हाे । मेला १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

५ दिनसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, चीन, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायतका देशमा उत्पादित सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।

एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, फर्निचर, गहना, सौन्दर्य र अन्य सामग्रीहरूको प्रदर्शन गरिएको छ ।

१२५ भन्दा बढी स्टलहरूको व्यवस्था गरिएको एक्स्पोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

तस्वीरहरू – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved