जुम्लामा भूमि आयोगको कार्यालय स्थापना

नेपालभ्युज

जुम्लामा भूमि आयोगको कार्यालय स्थापना

जुम्ला । जुम्लास्थित जिल्ला समन्वय समितिमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । आयोगका नवनियुक्त जिल्ला अध्यक्ष सुरतबहादुर शाहीले कार्यालय स्थापनापछि बुधबार नै कार्यभारसमेत सम्हालेका छन् ।

अध्यक्ष शाहीले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक काम गर्ने बताए । सरकारले भूमिहीन दलित अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समधान गर्न देशका ७७ वटै जिल्लामा भूमि आयोग गठनगरी एक जना अध्यक्ष तथा तीन जना विज्ञ सदस्य नियुक्त गरेको छ ।

भूमि आयोग जुम्लाका विज्ञ सदस्य नियुक्त हुन अझै बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved