काठमाडौं । अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान स्टिभ स्मिथले टेस्टमा १० हजार रन पूरा गरेका छन् ।
श्रीलङ्काविरुद्धको खेलमा एक रन बनाएसँगै उनले १० हजार रन पूरा गरेका हुन् । यसअघि उनी भारतविरुद्धको खेलमा ९ हजार ९९९ रनमा रोकिएका थिए ।
बुधबार श्रीलङ्काका जयसूर्याको बलमा एक रन बनाउँदै १० हजार रन पूरा गरेका हुन् ।
यस क्रममा उनले महान् क्रिकेटर सचिन तेन्दुलकरको २० वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले आफ्नो ११५औं टेस्ट खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।
सचिनले सन् २००५ मा पाकिस्तान विरुद्ध आफ्नो १२२औं टेस्ट म्याचमा १० हजार रन पूरा गरेका थिए ।
तदनुसार स्मिथले कम खेल खेलेर यो अद्भुत काम गरे । यस क्रममा स्मिथले सन् २०१२ मा आफ्नो ११५औं खेलमा १० हजार टेस्ट रन पूरा गरेका श्रीलङ्काका कुमार सङ्गकाराको बराबरी गरेका छन् ।
यस्तै, स्मिथ टेस्टमा १० हजार रन बनाउने १५औं ब्याट्सम्यान बनेका छन् । सन् १९८७ मा यो उपलब्धि हासिल गर्ने भारतीय खेलाडी सुनिल गावस्कर विश्वकै पहिलो ब्याट्सम्यान हुन् ।
अस्ट्रेलियाका ब्याट्सम्यानको कुरा गर्ने हो भने १० हजार रन पूरा गर्ने पहिलो खेलाडी एलन बोर्डर थिए ।
स्टिभ अष्ट्रेलियाका चौथो ब्याट्सम्यान हुन्, जसले १० हजार टेस्ट रन पूरा गरे । स्टिभले लेग स्पिनरको रूपमा सन् २०१० मा टेस्टमा डेब्यू गरेका थिए। आफ्नो पहिलो खेलमा उनी ८ नम्बरमा खेल्न आएका थिए ।
सबैभन्दा छिटो १० हजार रन बनाउने क्रिकेटर (टेस्ट)
ब्रायन लारा (वेस्ट इन्डिज)- १११
कुमार सङ्गकारा (श्रीलङ्का)-११५
स्टिभ स्मिथ (अष्ट्रेलिया) – ११५
युनिस खान (पाकिस्तान) -११६
रिकी पोन्टिङ (अष्ट्रेलिया) – ११८
सचिन तेन्दुलकर (भारत) – १२२
सर्वाधिक रन बनाउने क्रिकेटर
सचिन तेन्दुलकर- १५,९२१ रन
रिकी पोन्टिङ- १३,३७८ रन
ज्याक कालिस– १३,२८९ रन
राहुल द्रविड- १३,२८८ रन
जो रुट– १२,९७२ रन
Facebook Comment
Comment