सभापति कपको ट्रफी सार्वजनिक गर्दा जे देखियो…(तस्वीरहरू)

नेपालभ्युज

सभापति कपको ट्रफी सार्वजनिक गर्दा जे देखियो…(तस्वीरहरू)

काठमाडौं । जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।

आयोजक नेपाली काङ्ग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधबार शहीद दिवस पारेर एक कार्यक्रमका बीच शहीदगेटमार्फत ट्रफी सार्वजनिक गरेको हो ।

ट्रफी सार्वजनिक गर्नुअघि काङ्ग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्‍यालीको पनि आयोजना गरिएको थियो ।

तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्‍याली एअरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै शहीद गेट पुगेको थियो ।

माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि बिहीबार सङ्कटा क्लब र आयोजक बागमती भिड्दै छन् ।

तस्वीरहरू –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved