सिरी ‘ए’का शीर्ष ५ महंगा खेलाडीमा इन्टर मिलानको वर्चश्व

नेपालभ्युज

सिरी ‘ए’का शीर्ष ५ महंगा खेलाडीमा इन्टर मिलानको वर्चश्व
लाउटारो मार्टिनेज

काठमाडौं । ट्रान्फर मार्केटले इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बुधवार सार्वजनिक भएको सूचीमा इन्टर मिलानको वर्चश्व देखिएको छ । पाँचमध्ये चार खेलाडी इन्टर मिलानका छन् ।

सूचीको पहिलो नम्बरमा अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेज छन् ।

इन्टरका कप्तान मार्टिनेजको बजार मूल्य १०० मिलियन युरो रहेको छ ।

यस्तै दोस्रो नम्बरमा इन्टरकै इटालियन खेलाडी निकोलो बरेला छन् । मिडफिल्डर बरेलाको बजार मूल्य ८० मिलियन युरो रहेको छ ।

सूचीको तेस्रोदेखि पाँचौं कनम्बरमा इन्टरकै इटालियन खेलाडी अलेक्सान्ड्रो बास्टोनी, सोही क्लका फ्रेन्च स्ट्राइकर मार्कुस थुराम र एसी मिलानका पोर्चुगिज खेलाडी राफायल लिआओ छन् ।

उनीहरू सबैको बजार मूल्य ७५ मिलियन युरो रहेको छ ।

इन्टर २० पटक इटालियन सिरी ‘ए’ लिग जितेको क्लब हो । सिरी ‘ए’को साविक विजेता रहेको इन्टर च्याम्पियन्स लिगको साविक उपविजेता पनि हो ।

इन्टरले च्याम्पियन्स लिगका तीनवटा उपाधि जितेको छ ।

बजार मूल्यकाे शीर्ष पाँचमा एकजना खेलाडी परेको मिलानले भने १९ पटक सिरी ‘ए’ र सातपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

सिरी ‘ए’ युरोपको शीर्ष तीन लिगमा पर्छ । पहिलोमा इंग्लिस प्रिमियर लिग र दोस्रोमा स्पेनिस ला लिगा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved