तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज बढ्यो

नेपालभ्युज

तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज बढ्यो

काठमाडौं । तीन दिनदेखि लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार, सोमबार र मङ्गलबार सुनको मूल्य तोलामा क्रमश: २ सय, ३ सय र ९ सय रूपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved