सभापति कपको ट्रफी आज सहिदगेटमा सार्वजनिक गरिँदै

नेपालभ्युज

सभापति कपको ट्रफी आज सहिदगेटमा सार्वजनिक गरिँदै

काठमाडौं । नेपाली काङ्ग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज (बुधबार) सार्वजनिक गरिने भएको छ ।

आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवस पारेर एक कार्यक्रमका बीच सहिदगेटमा ट्रफी सार्वजनिक गर्न लागेको हो ।

‘काङ्ग्रेसले सदैव सहिदहरूको सम्मान गर्दै आएको हुँदा प्रतियोगिताको ट्रफी पनि सहिदगेटमा सार्वजनिक गर्न लागेका हौँ,’ निर्देशन समितिका संयोजक मोहन बस्नेतले भने ।

ट्रफी सार्वजनिक गर्नुअघि काङ्ग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्‍यालीको पनि आयोजना गरिएको छ ।

तीनकुनेबाट सुरु हुने मोटरसाइकल र्‍याली एयरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै सहिद गेटमा हुने ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी हुनेछ ।

माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि बिहीबार सङ्कटा क्लब र आयोजक बागमती भिड्दै छन् ।

ट्रफी सार्वजनिक कार्यक्रमपछि फाइनल पुगेका दुवै टिमका प्रशिक्षक र कप्तानका बीचमा प्रि–म्याच कन्फ्रेन्स गरिने छ । यो दशरथ रङ्गशालामा रहेको मिडिया सेन्टरमा गरिने प्रचार प्रसार समितिका संयोजक दामोदर अर्यालले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved