कोशीका प्रदेश प्रमुख खापुङलाई वित्त आयोगको वार्षिक प्रतिवेदन बुझाइयो

नेपालभ्युज

कोशीका प्रदेश प्रमुख खापुङलाई वित्त आयोगको वार्षिक प्रतिवेदन बुझाइयो
मोरङ । कोशी प्रदेश प्रमुख  परशुराम खापुङलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौँ वार्षिक प्रतिवेदन बुझाइएको छ । मङ्गलबार आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८०–८१ को प्रदेशगत छैठौं वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई बलियो बनाउन, राजस्व बाँडफाँट गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सङ्घीय शासन व्यवस्थामा आर्थिक स्रोतसाधन जुटाउने, नियमन गर्ने र व्यवस्थापन गर्ने जस्ता जिम्मेवारी आयोगको काँधमा रहेको धारणा राखे ।

प्रदेश प्रमुख खापुङले आयोगले सिफारिस गरेका ढाँचालाई सबै तहले पालना गरेमा आर्थिक अनुशासन कायम हुनाका साथै राजस्व वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

आयोगका अध्यक्ष पौडेलले सवारीसाधन करको रकम सम्बन्धित प्रदेशभित्रका स्थानीय  सरकारललाई अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा ५ बमोजिम मासिक रूपमा उपलव्ध गराउन प्रतिवेदनमा सुझाव दिएको बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली र आयोगका सदस्यको उपस्थिति रहेको थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved