लमजुङमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु

नेपालभ्युज

लमजुङमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु

लमजुङ । लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जङ्गलको कच्ची सडकमा ट्र्याक्टर दुघर्टना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नंको ट्र्याक्टर दुघर्टना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । उनले दुर्घटनास्थल जङ्गल रहेको र त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भइनसकेको बताए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved