पेरिसडाँडामा तारबारसहितको सुरक्षा, क्रान्तिकारीको मतगणना सुरु हुँदै

नेपालभ्युज

पेरिसडाँडामा तारबारसहितको सुरक्षा, क्रान्तिकारीको मतगणना सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनास्थललाई तारबारसहित सुरक्षित बनाइएको छ ।

निर्वाचन समिति, अध्यक्षका उम्मेदवार र इन्चार्जसहितको छलफलपछि मंगलबार साँझ सहमति जुटेपछि मतगणना सुरु हुन लागेको हो  ।

मसीका कारण विवाद उत्पन्न भएपछि रोकिएको मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरपछि सुरु हुन लागेको एक विद्यार्थी नेताले जानकारी दिए ।

अब ५ सय २२ मत गन्न बाँकी रहेको बताइएको  छ । उक्त बाँकी मत रातभरिमा गणना गरिसक्नेगरी चार ठाउँबाट मतगणना गरिने तयारी रहेको बताइएको छ ।

अध्यक्षमा प्रचण्ड निकट सापकोटासहित जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेश यादव प्रतिस्पर्धामा छन् ।

नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते मतदान भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved