तीन दिनदेखि लगातार घट्दै सुनको भाउ

नेपालभ्युज

तीन दिनदेखि लगातार घट्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेको छ ।

आज सुन तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ३ सय र आइतबार २ सयले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved