लेबनानमा इजरायली आक्रमण : एक जनाको मृत्यु, सात घाइते

नेपालभ्युज

लेबनानमा इजरायली आक्रमण : एक जनाको मृत्यु, सात घाइते
फाइल तस्वीर ।

बेरुत । दक्षिणी लेबनानमा इजरायली आक्रमणमा परी सोमबार एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य सातजना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अदाइसेह सहर, बानी हैयान नगरपालिका, यारुन र हौला गाउँमा आक्रमण भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनान र इजरायलबीच आइतबार बिहान भएको युद्धविराम सम्झौताको म्याद सकिएपछि उक्त हिंसा भएको हो ।

यसअघि सोमबार लेबनानको कार्यवाहक सरकारले इजरायलसँगको युद्धविरामलाई १८ फेब्रुअरीसम्म लम्ब्याउने निर्णयको घोषणा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved