काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको मतगणना अझै सुरु हुन सकेको छैन ।
आइतबारदेखि रोकिएको मतगणना आज मध्यान्ह १२ बजेबाट सुरु गर्ने तयारी भएपनि अझै सुरु हुन नसकेको हो ।
विश्वविद्यालय प्रदेश समितिअन्तर्गत निर्वाचन समितिका अर्जुन अधिकारी र उपत्यका विशेष समितिका निर्वाचन समिति सदस्य प्रा.डा. जगत पोखरेलले गएराति विज्ञप्ति निकालेर सोमबार १२ बजेबाट मतगणना सुरु हुने जानकारी गराएका थिए ।
तर, मतपत्र हराएको विवाद समाधान भएपनि मतपत्रमा कालो मसी र रातो मसी लगाएको विषयमा सहमति हुन नसकेकोले मतगणना सुरु नभएको एक विद्यार्थी नेताले जानकारी दिए ।
सातै प्रदेशको मतगणना सकिएपनि सबैभन्दा धेरै मत रहेको विशेष प्रदेश कमिटी र विश्वविद्यालय प्रदेश समितिको गणना हुन सकेको छैन ।
क्रान्तिकारीको नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको थियो ।
अखिल क्रान्तिकारी निर्वाचन : सात प्रदेशको मतगणना सकियो, सापकोटा र राईबीच कडा प्रतिस्पर्धा
Facebook Comment
Comment