काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

नेपालभ्युज

काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई आइतबार दिउँसो साढे ४ बजेतिर पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved