आज सत्तारुढ दलहरूको बैठक बस्दै

नेपालभ्युज

आज सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । आज (सोमबार) सत्तारुढ दलहरूको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आसन्न हिउँदे अधिवेशन, अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

हाल ओली नेतृत्वको दल नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सत्तामा छन् । १८ माघबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved