राप्रपाले वैशाखभित्र सबै जिल्लाको अधिवेशन गर्ने

नेपालभ्युज

राप्रपाले वैशाखभित्र सबै जिल्लाको अधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । पार्टीको आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनवर्गीय सङ्गठनका अधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको हो ।

पार्टीको यही माघ ११ गतेदेखि बसेको बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै राजनीतिक प्रतिवेदन, आर्थिक र साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्रलगायत विषयवस्तुमा दबाब दिन प्रदेश र जिल्ला तहमा आगामी फागुनमा जनपरिचालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको बैठकले सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन असफल भएको निष्कर्ष निकालेको छ ।

बैठकमा वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा गरिएको थियो । बैठकले समान विचारधारा भएका राजनीतिक समूह तथा पार्टीसँग एकता गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

एमाले–कांग्रेस गठबन्धन सरकार पूर्णतः असफल भएको राप्रपाको निष्कर्ष


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved