एमाले–कांग्रेस गठबन्धन सरकार पूर्णतः असफल भएको राप्रपाको निष्कर्ष

नेपालभ्युज

एमाले–कांग्रेस गठबन्धन सरकार पूर्णतः असफल भएको राप्रपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमाले–कांग्रेस गठबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय कार्य समिति बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘… मुलुकभित्र पर्याप्त रोजगारी सिर्जन गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तीव्रता दिने काममा सरकार पूर्णतः असफल भएको छ । भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो छ’  विज्ञप्तिमा उल्लेख छ ।

‘राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात र अनायास संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको छ’, १६ बुँदे वक्तव्यमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved