काठमाडौं। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आइतबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ।
प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबलाई १ को विरुद्ध ३ गोल हान्दै एनआरटी विजयी भएको हो। यो जीत संगै सेमिफाइनलको समिकरण पूरा भएको छ।
एनआरटी संगै सेमिफाइनलको लागी सङ्कटा, मच्छिन्द्र र आयोजक बागमतीले आफ्नो स्थान सुरक्षित बनाइसकेका छन्।
पहिलो हाफको १८ र २३ मिनेटमा एनआरटीको तर्फबाट जर्सी नम्बर १४ का क्याप्टेन अञ्जन बिष्टले गोल गर्दै सुखद सुरुवात गरे।
यसैगरी दोस्रो हाफको १ मिनेटमै जर्सी नम्बर ११ का रिकार्ड विल्सनले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए।
फ्रेन्ड्सको तर्फबाट दोस्रो हाफको ८० मिनेटमा जर्सी नम्बर ११ का क्याप्टेन विवेक पौडेलले सान्त्वना गोल गरे। प्रतियोगिताको प्लेयर अफ द म्याच एनआरटीका अञ्जन बिष्ट भएका छन्।
एनआरटीले फाइनल प्रवेशका लागि मंगलबार आयोजक बागमतीसंग खेल्ने छ। यसैगरी सोमबार हुने पहिलो सेमिफाइनलमा सङ्कटा र मच्छिन्द्र आमने सामने हुने छन्।
सर्वाधिक पुरस्कार राशि भएको यस प्रतियोगिताको विजेताले नगद २६ लाख र उप विजेताले नगद १३ लाख पाउनेछन्।

Facebook Comment
Comment