सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस सकियो

नेपालभ्युज

सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस सकियो
फाइल तस्वीर ।

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा थुनछेक बहस सकिएको छ ।

आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछानेका कानून व्यवसायी, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

अब न्यायाधीश योगीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा तारेखमा राख्नेमध्ये एक आदेश दिनेछन् ।

आदेश आजै आउनसक्ने अदालत स्रोतले बताएको छ ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको तर्क – केन्द्रीय तहका व्यक्ति मिलेर रविविरुद्ध मुद्दा हालियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved