टाइगर कप : सुनिल कुमारसँग हार्‍यो साविक विजेता टिप टप हेल्प

नेपालभ्युज

टाइगर कप : सुनिल कुमारसँग हार्‍यो साविक विजेता टिप टप हेल्प

काठमाडौं । पाँचौं टाइगर कप भलिबलमा पुरुषतर्फ सुनिल कुमार क्लबले साविक विजेता टिप टप हेल्प नेपाललाई पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सुनिल कुमारले टिप टपलाई ३–१ सेटले पराजित गरेको हो ।

पहिलो सेटमा सुनिल कुमार टिप टप हेल्पसँग २५–२२ ले पराजित भयो । त्यसपछि दोस्रो, तेस्रो र चौथो सेटमा भने सुनिल कुमारले लगातार जित हासिल गर्‍यो ।

सुनिल कुमारले टिप टप हेल्प नेपाललाई दोस्रो सेटमा २५–२३, तेस्रो सेटमा २७–२५ र चौथो सेटमा २५–१६ ले हरायो ।

अर्को खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब तथा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved