रोकिएको अखिल क्रान्तिकारीको मतगणना अझै सुरु भएन

नेपालभ्युज

रोकिएको अखिल क्रान्तिकारीको मतगणना अझै सुरु भएन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको मतगणना रोकिएको छ ।

मधेस प्रदेशको मतपत्र हराएपछि मतगणना रोकिएको एक नेताले जानकारी दिए ।

यता, मतपत्रमा कालो मसी र रातो मसी लगाएको पाइएपछि विशेष प्रदेश कमिटी र विश्वविद्यालय प्रदेश समितिको मतगणना पनि हुन सकेको छैन ।

मतगणना सुरु गर्नेबारे निर्णय गर्न अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ । क्रान्तिकारीको नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको थियो । मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको थियो ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेशको मतगणना भने सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved