रास्वपाले बोलायो सचिवालय बैठक

नेपालभ्युज

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेगरी बैठक बोलाएको हो । बैठकमा संसद् अधिवेशनलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

साथै, समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१), सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयनलगायतमा पनि छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved