सभापति कप : आज एनआरटी र फ्रेन्ड्स भिड्दै

नेपालभ्युज

सभापति कप : आज एनआरटी र फ्रेन्ड्स भिड्दै

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज (आइतबार) न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ ।

खेल त्रिपरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे हुनेछ । आजको खेलसँगै सेमिफाइनलको समीकरण पूरा हुनेछ ।

अहिलेसम्म सेमिफाइनलको लागि सङ्कटा, मच्छिन्द्र र आयोजक बागमतीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मङ्गलबार फाइनल प्रवेशका लागि आयोजक बागमतीसँग खेल्नेछ ।

यसैगरी सोमबार फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र आमने–सामने हुनेछन् ।

यस प्रतियोगिताको विजेताले नगद २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भइरहेको हो ।

सभापति कप : पुलिसलाई हराउँदै बागमती सेमिफाइनलमा (तस्वीरहरु)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved