टाइगर कप भलिबल : पुलिसमाथि न्यु डायमन्डको जित

नेपालभ्युज

टाइगर कप भलिबल : पुलिसमाथि न्यु डायमन्डको जित

काठमाडौं। पाँचौं टाइगर कप भलिबल प्रगियोगिताको महिलातर्फ टिप‌ टप न्यु डायमन्ड स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

पोखरामा शनिबार भएको महिलातर्फको दोस्रो खेलमा न्यु डायमन्डले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा न्यु डायमन्ड पुलिससँग १२–२५ ले पराजित भयो । न्यु डायमन्डले पुलिसलाई दोस्रो सेट २५–२३ ले हरायो ।

न्यु डायमन्ड तेस्रो सेटमा २४–२६ ले पराजित हुँदा चौथो सेट २५–१८ ले जित्यो । पाँचौ सेट १५–१० ले जित्दै न्यु डायमन्डले प्रतियोगितामा जित हासिल गर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved