हमासले रिहा गर्‍यो चार इजरायली बन्धक

नेपालभ्युज

हमासले रिहा गर्‍यो चार इजरायली बन्धक

काठमाडौं । हमासले चार इजरायली बन्धक रेडक्रसलाई सुम्पेको छ । रिहा हुने चारै जना महिला हुन् ।

प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलालाई मञ्चमा ल्याइएको थियो ।

हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ । जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ ।

बन्धकलाई रिहा गरेपछि तेल अवीवमा खुशीको वातावरण छ । यहाँ परिवारका सदस्यहरू घण्टौंसम्म आफ्ना प्रियजनको पर्खाइमा उभिएका थिए ।

इजरायली मिडियाका रिपोर्टहरूकाअनुसार बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका छन् ।

सीमामा पुगेपछि इजरायली वायुसेनाले बन्धक आफ्नो जिम्मामा लिनेछ । सीमानामा बन्धकहरुका लागि हेलिकोप्टर तयार छ ।

हमासले चार बन्धकहरूलाई रेड क्रसलाई सुम्पेको इजरायली रक्षा बलले पुष्टि गरेको छ । बन्धकहरूलाई छिट्टै इजरायल पठाइनेछ ।

इजरायलले हमाससँगको सम्झौताअनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved