अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी

नेपालभ्युज

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । अखिल क्रान्तिकारीको २३औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रमा मतदान चलिरहेको छ ।

अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान जारी छ । अध्यक्षमा ४ जना चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन समितिकाअनुसार कोशी प्रदेशको मतदान केन्द्र धरान, मधेसको जनकपुर, बागमतीको भक्तपुर, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत,सुदूरपश्चिमको धनगढी, उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको वाल्मीकि क्याम्पस रहेका छन् ।

३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदान साँझ ६ बजेसम्म हुनेछ । आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved