कबड्डी लिग : हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स प्ले–अफमा

नेपालभ्युज

कबड्डी लिग : हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स प्ले–अफमा

काठमाडौंं । हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल)को प्ले–अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको पहिलो खेलमा विराटनगरले हिमालयनलाई ३४–३० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा पक्का गरेको हो । योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ ।

काठमाडौं माभरिक्स र जनकपुर नाइट्स एक खेल अगाबै प्ले–अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले–अफमा स्थान बनाउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved