महाराष्ट्रमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावली)

नेपालभ्युज

महाराष्ट्रमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावली)

काठमाडौं । महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । जसअनुसार अछामका २, अछामका ४ र बाँकेका १ जना छन् ।

मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध छन् ।

मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved