महाराष्ट्रमा सेनाको हतियार कारखानामा विस्फोट, ८ जनाको मृत्यु

नेपालभ्युज

महाराष्ट्रमा सेनाको हतियार कारखानामा विस्फोट, ८ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यको भण्डारामा रहेको सेनाको हतियार कारखानामा विस्फोट भएको छ ।

घटनामा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटका कारण कारखानाको छाना खसेको र त्यसमा १३ देखि १४ जना फसेको आशंका गरिएको भण्डाराका कलेक्टर सञ्जय कोल्टेले जानकारी दिए ।

अहिले उद्धार कार्य जारी छ ।

विस्फोट यति शक्तिशाली थियो कि यसको आवाज ५ किलोमिटर टाढासम्म सुनिएको थियो । विस्फोटपछि फलाम र ढुङ्गाका टुक्राहरू टाढा टाढा छरिएका देखिएको थियो ।

यो विस्फोट जवाहरनगरस्थित आयुध कारखानाको आरकेआर शाखा खण्डमा भएको हो । मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । विस्फोट भएको भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved