महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने नेपालीको सङ्ख्या सात पुग्यो

चार घाइतेको उपचार हुँदै

नेपालभ्युज

महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने नेपालीको सङ्ख्या सात पुग्यो

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बिहीबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने दजनौं घाइते भएका छन् । ज्यान गुमाउनेमा सात नेपाली पनि परेका हुन् । यस्तै दुर्घटनामा चारजना नेपाली घाइते भएका छन् ।

मृतकमध्ये चारजना अछामका र एक कैलालीका छन् भने दुईको ठेगाना भने खुलिसकेको छैन ।

मृत्यु हुनेमा अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छन् ।

त्यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

दुर्घटनामा घाइते भएका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँस्थित रेलवे ट्र्याकमा उभिएको थियो । एक यात्रुले आगो लागेको हुनसक्ने डरले चेन तानेका थिए । यसपछि रेल रोकियो । यसले गर्दा ट्र्याकको अर्को छेउमा यात्रुहरू हाम फालेका थिए ।

त्यही क्रममा कर्नाटक एक्सप्रेस नाम अर्को रेल पुष्पकमा ठोक्कियो । यसले गर्दा दुर्घटना भएर मानवीय क्षति भएको हो । कर्नाटक एक्सप्रेस भने मनमाडबाट भुसावल जाँदै गरेको थियाे ।

एक ‘चियावाला’को रेलमा आगो लागेको अफवाह फैलाएको बताइएको छ ।

महाराष्ट्र रेल दुर्घटना : चियावालाको अफवाहका कारण भाग्न लाग्दा अर्को रेलबाट दर्जनौं यात्रु किचिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved