अदालतले रोक्यो जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेश

नेपालभ्युज

अदालतले रोक्यो जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी सङ्घीय अदालतले जन्मसिद्ध नागरिकता अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश रोकेको छ ।

न्यायाधीश जोन कफनोरले वाशिङ्गटन, एरिजोना, इलिनोइस र ओरेगन राज्यहरूको याचिकाको सुनुवाइमा ट्रम्पको आदेश असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा अस्थायी रूपमा रोक लगाएका हुन् ।

अमेरिकी पत्रिका द न्यूओर्क टाइम्सकाअनुसार ट्रम्पको निर्णय १४ दिनका लागि रोक लगाइएको हो ।

यसले आप्रवासनसम्बन्धी दशकौं पुरानो कानून उल्ट्याउने ट्रम्पको प्रयासलाई अल्पकालीन रूपमा विफल पारेको छ। तर, १४ दिनपछि उक्त आदेश परिवर्तन पनि हुनसक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved