सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, मूल्य कति ?

नेपालभ्युज

सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, मूल्य कति ?

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी एस २५ अल्ट्रा सिरिज सार्वजनिक गरेको छ ।

बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२५ मा कम्पनीले बहुप्रतिक्षित एस २५ सिरिजअन्तर्गतको एस २५ अल्ट्रा सार्वजनिक गरेको हो ।

उपभोक्ताले यो फोन तीन वटा सिरिजमा पाउने छन् । ती हुन् – ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा ।

एआई फिचर्स समावेश गरेको यी फोनमा डायनामिक एमोलोइड २ एक्स स्क्रिन हुने छ । त्यस्तै, क्वालकोम स्न्यापड्रयागन ८ इलाइट प्रोसेसर र १२ जिबी र्याममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

सामसङ ग्यालेक्सी एस–२५ ग्राहकले १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । फोनको मूल्य क्रमशः ८४ हजार ९ सय ९९ भारू र ९४ हजार ९ सय ९९ भारू तोकिएको छ ।

एस–२५ प्लस उपभोक्ताले १२ जिबी/५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । यसको मूल्य क्रमशः एक लाख ४ हजार ९ सय ९९ भारू र एक लाख १४ हजार ९ सय ९९ भारू तोकिएको छ ।

एस–२५ अल्ट्राको मूल्य भारतीय बजारमा एक लाख ५१ हजार ९ सय ९९ भारु पर्नेछ । यो फोन उपभोक्ताले १२ जिबी र्‍याम/५१२ जिबी स्टोरेजमा पाउनेछन् ।

यो फोन ग्यालेक्सी एस २४ अल्ट्राभन्दा पातलो (८.२ एमएम) र हल्का (२१८ ग्राम) छ । यसमा टाइटेनियम फ्रेम प्रयोग गरिएको छ भने नयाँ कोर्निङ गोरिल्ला आर्मर टु ग्लास प्रयोग गरिएको छ, जुन अघिल्लो पुस्ताको भन्दा टिकाउ र चम्किलो छ ।

फोनमा ६.८ इन्चको क्यूएचडी प्लस डाइनामिक एमोलेड टु एक्स डिस्प्ले रहेको छ । यसले १ देखि १२० हर्जको रिफ्रेश रेट, भिजन बुस्टर र एडाप्टिभ कलर टोन प्रदान गर्दछ ।

ग्यालेक्सी एस २५ अल्ट्रामा स्न्यापड्र्यागन ८ एलिट मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ, जसले १२ जीबी र्‍याम र ४० प्रतिशत ठूलो भेपर च्याम्बरको साथमा उत्कृष्ट प्रदर्शन दिने कम्पनीले उल्लेख गरेको छ ।

सामसङले यो चिप अघिल्लो चिपभन्दा ४० प्रतिशत छिटो एनपीयू, ३७ प्रतिशत छिटो सीपीयू र ३० प्रतिशत छिटो जीपीयू भएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved