करको विषयमा ट्रम्पले चीनलाई दिए चेतावनी

नेपालभ्युज

करको विषयमा ट्रम्पले चीनलाई दिए चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

आफ्नो दोस्रो कार्यकालको पहिलो दिन नै चिनियाँ आयातबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेब्रुअरी १ देखि यो शुल्कमा विचार गर्न लागिएको बताएका छन् ।

बीबीसीकाअनुसार पत्रकारसँग ट्रम्पले चीनले अमेरिकामा फेटानिलजस्ता औषधि पठाउँदै आएको र यसले सङ्कट निम्त्याएको बताएका छन् ।

उनले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने धम्कीसमेत दिएका छन् ।

ट्रम्पले यी दुई देशले अवैध आप्रवासी र लागुपदार्थलाई अमेरिका आउन दिएको आरोप पनि लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved