सुप्रिम सहकारी ठगी प्रकरण

रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा

नेपालभ्युज

रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा
फाइल तस्वीर ।

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ ।

लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए ।

उनको थुनछेक बहस योगीको इजलासमा हुने तय भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

लामिछाने मङ्गलबार भैरहवा पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved