च्याम्पियन्स लिग

बार्सिलोनाको रोमाञ्चक जित, लिभरपुलको तीन अङ्कको अग्रता कायमै

दुवै टोली अन्तिम १६ मा

नेपालभ्युज

बार्सिलोनाको रोमाञ्चक जित, लिभरपुलको तीन अङ्कको अग्रता कायमै

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकामाथि रोमाञ्चक जित हासिल गरेको छ । नौ गोल भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

मङ्गलबार राति बार्सिलोनाले रोमाञ्चक कमब्याक गर्दै तीन अङ्क जोडेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरेका थिए । लेवान्डोस्कीले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन् । एरिक गार्सियाले एक गोल थपे । यसअघि घरेलु टोली बेन्फिकाको लागि भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरे । उनले तेस्रो गोल पेनाल्टीमा गरेका हुन् । बार्सिलोनाका रोनाल्ड अराउजोले आत्माघाती गोल गर्न पुगे ।

खेलको पहिलो गोल दोस्रो मिनेटमा गर्दै बेन्फिकाले बार्सिलोनालाई दबाबमा राखेको थियो । पहिलो हाफमा घरेलु टोली ३–१ ले अघि थियो । ६८औं मिनेटसम्म ४–२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट कमब्याक जित निकाल्यो ।

अर्थुर काब्रलले रातो कार्ड पाएपछि बेन्फिका खेलको अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । र, शीर्ष आठ स्थान पक्का गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । सातमध्ये पाँच खेल जितेको बार्सिलोनाको १८ अङ्क छ । बेन्फिका भने ११ अङ्कसहित लिगको १६औं स्थानमा रह्यो ।

यता इङ्लिस क्लब लिभरपुलले भने च्याम्पियन्स लिगको तालिकामा तीन अंकको अग्रता कायम राखेको छ ।

मङ्गलबार राति नै भएको खेलमा फ्रेन्च टोली लिललाई २–१ ले हराउँदै अग्रता कायमै राखेको हो ।

एनफिल्डमा भएको खेलमा घरेलु लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे । १० खेलाडीमा सीमित लिलको लागि जोनाथन डेविडले एक गोल फर्काएका हुन् । लिभरपुलका एैसा मन्डीले खेलको ५९औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यस जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको सात खेलबाट २१ अङ्क बनाएको छ । साथै शीर्ष आठ स्थान पक्का गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । पराजित लिलले समान खेलबाट १३ अंक जोडेको छ । उ लिगको ११औं स्थानमा छ ।

पछिल्ला सबै खेलको नतिजा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved