ट्रम्पले शपथ लिएपछि जेलेन्स्कीले भने – यो समस्या समाधान गर्ने दिन हो

नेपालभ्युज

ट्रम्पले शपथ लिएपछि जेलेन्स्कीले भने – यो समस्या समाधान गर्ने दिन हो

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि प्रतिक्रिया दिएका छन् ।

जेलेन्स्कीले भनेका छन्, ‘उनी बलियो मानिस हुन् । म राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गर्दछु ।’

उनले थप भने, ‘युक्रेनका जनता शान्तिमा पुग्न अमेरिकासँग मिलेर काम गर्न तयार छन् । यो एउटा अवसर हो, जसको अवश्य फाइदा लिनुपर्छ ।’

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई ४७औं राष्ट्रपति बन्न सफल भएकोमा बधाई दिन्छु । आजको दिन परिवर्तनको आशा र भौगोलिक चुनौतीलगायत धेरै समस्या समाधान गर्ने दिन हो ।’

यसअघि ट्रम्पले धेरै पटक रुस–युक्रेन युद्ध अन्त्य गर्ने दाबी गरेका थिए ।

ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि राम्रो हुनेछ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved