खो खो विश्वकपमा उपविजेता बनेका महिला र पुरुष टोलीलाई भव्य स्वागत

नेपालभ्युज

खो खो विश्वकपमा उपविजेता बनेका महिला र पुरुष टोलीलाई भव्य स्वागत

काठमाडौं । खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

सोमबार त्रिभुवन विमानस्थलमा खो खो नेपाल सङ्घले पुरुष र महिला टोलीलाई भव्यताका साथ स्वागत गरेको हो ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न खेलमा पुरुषतर्फ नेपाल घरेलु टोली भारतसँग ५४–३६ अन्तरले पराजित भएको थियो।

भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो । यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved