महिला टी–२०  प्रधानमन्त्री कप

कोशीले मधेसलाई हरायो, रुबिनाको अर्धशतक

नेपालभ्युज

कोशीले मधेसलाई हरायो, रुबिनाको अर्धशतक

काठमाडौं । महिला टी–२०  प्रधानमन्त्री कपमा कोशी प्रदेशले मधेसलाई पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा कोशीले मधेसलाई ४७ रनले पराजित गरेको हो ।

कोशीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो ।

मधेसका लागि प्रतिमा साहले १७ रन बनाइन् । अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले तीन तथा  ज्योति दनुवार र एलिशा खडियाँले २–२ र , संगीता राईले एक विकेट लिइन् ।

यसअघि कोशीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।

कोशीका लागि रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेलिन् । उनले ५३ बलमा ५७ रनको योगदान गरिन् । टिका साहले २१ रन बनाइन् ।

मधेसका लागि प्रतिमा साहले २ विकेट लिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved