प्रहरीले युवकलाई कुटेको भिडिओ पुस १५ गते रातिको घटना

नेपालभ्युज

प्रहरीले युवकलाई कुटेको भिडिओ पुस १५ गते रातिको घटना

काठमाडौं । चितवनमा प्रहरीले एक युवकलाई निर्घात रुपले कुटपिट गरेको भिडिओ झन्डै एक महिना पहिलेको घटना भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सो कुराको पुष्टि गरेका हुन् ।

‘यो घटना झन्डै एक महिना पहिलाको देखियो । पुस १५ गते रातको ११ बजेको तिर अस्थायी प्रहरी पोष्ट गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेलले सो कार्य गरेको अनुसन्धानमा खुलेको छ ।’ उनले भने ।

भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

माथिको पावर देखाएको भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडिओ आइतबार सार्वजनिक भएको थियो ।

लगत्तै प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति गठन गरेको छ । प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved