इजिप्टका विदेशमन्त्रीसँग आरजुको फोनवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

नेपालभ्युज

इजिप्टका विदेशमन्त्रीसँग आरजुको फोनवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिसँग आग्रह गरेकी छन् ।

गाजामा युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारदेखि मुक्त गर्ने प्रक्रियाको थालेको छ ।

आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी परराष्ट्रमन्त्री राणाले फोनवार्तामा पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री अतिमार्फत इजिप्ट सरकारसँग आग्रह गरेकी हुन् ।

राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् ।

जवाफमा इजिप्टका विदेशमन्त्री अतिले विपिनको रिहाइका लागि आफूले मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका छन् ।

केही दिनमात्र अघि राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

त्यसैगरी, मन्त्री राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरुले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरुको पहिलो चरणमा नै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved